‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’

Advertisement

पोखराः ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ नाराका साथ शनिबारदेखि बेगनास तालको किनारामा तेस्रो माछा महोत्सव सुरु भएको छ । लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनले यो तीनदिने महोत्सव आयोजना गरेको हो । 

सहभागीले माछाका विभिन्न परिकार स्वाद लिनुका साथै पहिलो पटक मोटरबोटमार्फत बेगनास ताल सयरसहित धार्मिक क्षेत्र वराह मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ । 

Advertisement

महोत्सवमा कन्सर्ट, हास्य व्यङ्ग्य, लोक दोहोरीका साथै स्थानीय सांस्कृतिक प्रस्तुति, महिला तथा पुरुष डुङ्गा दौड, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, स्थानीय माछा संरक्षणलगायतका विभिन्न कार्यक्रम रहेका छन् । 

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक एनकुमारी खतिवडाले बेगनास तालमा २० हजार भुरा छाडेर सो कार्यक्रमको उद्घाटन गर्दै विभिन्न तलतलैया रहेको लेखनाथमा माछा पालन व्यवसायको प्रचुर सम्भावना रहेको बताए । 

महोत्सवले माछालगायत कृषि उत्पादनको बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उहाँले भन्नुभयो – “माछा उत्पादन एवम् ताल संरक्षण र पूर्वाधार विकासमा सबै पक्षको सहयोगको आवश्यक पर्दछ । 

आयोजकका अनुसार महोत्सवमा ५० वटा कक्ष रहेको सो महोत्सवमा ७५ हजार दर्शकले अवलोकन गर्नुका साथै कुल रु १४ लाख आम्दानी र रु १२ लाख खर्च हुने बताइएको छ । 

Advertisement

Advertisement