काठमाडौंः यस साता सेयर बजार परिसुचक नेप्से १७ दशमलव ४४ अंकले घटेर एक हजार ६५३ दशमलव १८ अंकमा आइपुगेको छ भने कारोबार रकम ४० दशमलव २६ प्रतिशत घटेर तिन अर्ब ४० करोड रुपियाँको मात्रै कारोबार भएको छ ।
यो साता उत्पादनमूलक र अन्य बाहेक बाँकी सबै समूह ओरालो लागेको छ । जसमा सबैभन्दा बढि बिमा समूहको उपसुचक झण्डै १६६ दशमलब ०४ अंकले घटेर आठ हजार ८८४ दशमलव ८२ अंकमा आइपुगेको छ ।
त्यसपछि क्रमसः होटल समूह ५२ दशमलब २ अंकले, बिकाश बैंक समूह १६ दशमलब ३२ अंकले, बाणिज्य बैंक समूह १५ दशमलब ७८ अंकले, जलविद्युत समूह १६ दशमलब १५ अंकले, वित्त १४ दशमलब ८५ अंकले घटेका छन् ।
उत्पादनमूलक समूह २२ दशमलब ६६ अंकले र अन्य समूह २ दशमलब ६ अंकले माथि चढेका छन् ।
यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ६६ अंकले घटेर ३५३ दशमलव ५५ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१६ करोड ८० लाख १० हजार रुपियाँ)को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (२ लाख ५६ हजार कित्ता)को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ भने कारोबार संख्या (दुई हजार १६९ वटा)को आधारमा अरुण काबेली पावर लिमिटेड अग्रस्थानमा छ ।