तीन उपप्रधान र चार मन्त्रीहरु नियुक्त, महेश आचार्यलाई दिइएन अर्थ, पौडेल समूह रित्तै

Advertisement

काठमाडौंः नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । अर्थमन्त्रीमा यसअघि महेश आचार्यलाई बनाउने भनिएकोमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुमा तीन वटा पूरानै अनुहार छन् । जसअनुसार उपप्रधानमन्त्री त्रयमा विजय गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । यी मध्ये श्रेष्ठ अघिल्लो मन्त्रिमण्डलभन्दा नयाँ अनुहार हो । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम पाएका छन् ।

कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै उपप्रधानमन्त्री र मन्त्रीहरुले बुधबार दिउसो राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खाएका हुन ।

काँग्रेसमा सन्तुलन कायम गर्न प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट एक जना पनि मन्त्री बनाएनन् । उनले पछि मिलाउने बाचा गर्दै सपथ ग्रहणमा सहभागी हुन पौडेललाई फोन गरेर आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement