मन्त्रिपरिषदको पहिलो बैठकको निर्णयः माघ ७ भित्रै तीन चरणमा निर्वाचन सक्न प्राथमिकता

Advertisement

काठमाडौंः नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बुधबार बसेको छ । बैठकले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी, संविधानमा व्यवस्था भए अनुरुप आगामी माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार पुनःनिर्माण कार्यलाई तीव्रता दिएर प्रभावकारी बनाउने, जनतामा प्रवाहित हुने सेवालाई चुस्त बनाउने, आर्थिक विकासलाई गति दिने, शान्ति सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र शान्ति प्रक्रियाका बाँकी कार्यलाई पूर्णता दिने कामलाई सरकारले प्राथमिकतामा राखेको छ । बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्को प्रवक्तामा अर्थमन्त्री कार्कीलाई चयन गरेको छ ।

Advertisement

Advertisement

Advertisement