एक लगानीकर्ताले बढिमा दुई वटा सम्म डिम्याट खाता खोल्न पाउने, सेयर सार्दा भाद्र सम्म शुल्क नलाग्ने

Advertisement

काठमाडौं। सेयर लगानीकर्ताले बढीमा २ वटासम्म डिम्याट खाता सञ्चालन गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले सो व्यवस्था गरेसंगै दुई भन्दा बढी डिम्याट खाता भएकाले बन्द गर्नुपर्नेछ ।

दुईभन्दा वढि खाता हुनेहरुले बाँकी खाता भाद्र मसान्तसम्म बन्द गरेर दुई वटामा झारिसक्नु पर्ने धितोपत्र वोर्डले जारी गरेको निर्देशनमा जनाइएको छ ।

आगामी भाद्र महिनासम्ममा डिम्याट खाताबाट सेयर सार्दा (हस्तान्तरण) गर्दा निःशुल्क हुने व्यवस्थासमेत धितोपत्र बोर्डले गरेको छ । उता, लगानी ब्यवस्थापनका लगि खोलिएको डिम्याट खाता बन्द गरेमा त्यो बन्द गर्ने जिम्मेवारी सम्बन्धित लगानी ब्यवस्थामककै हातमा छाडिएको छ। ।

आस्वा प्रणाली कार्यान्वयन प्रभावकारी बनाउन धेरै डिम्याट खाता खोल्न निरुत्साहित गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement