नेपालभर ४२.६५ प्रतिशत धान रोपाईं सकियो, सबैभन्दा कम सिरहामा १० प्रतिशत

Advertisement

काठमाडौंः असार अन्तिम सातासम्म ४२.६५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि विाकस मन्त्रालयअन्तर्गतको कृषि प्रसार निर्देशनालयका अनुसार कुल १५ लाख ५२ हजार हेक्टरमध्ये छ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाईं सम्पन्न भएको छ ।

तराईमा सबैभन्दा कम ३८.६७ हेक्टरमा मात्रै धान रोपाई सम्पन्न भएको छ भने उच्च पहाडी क्षेत्रमा ५९.०८ तथा सुदूरपश्चिमको तराईका केही जिल्लामा भने ८८.२३ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । मध्य पहाडी क्षेत्रमा ५१.६७ प्रतिशत रोपाई भएको विवरण प्राप्त भएको छ ।

विवरण प्राप्त भएका जिल्लामध्ये हुम्ला जुम्लामा सत प्रतिशत रोपाई सकिएको छ भने सिरहामा १० प्रतिशत मात्रै सम्पन्न भएको छ । तराईका केही जिल्लामा पानी कम पर्दा र बाढीका कारण रोपाई ढिलो भए पनि पहाडी क्षेत्रमा भने अधिकांश स्थानमा रोपाई सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि ८० प्रतिशत धान रोपाई सम्पन्न भएको छ भने विकास क्षेत्रका दृष्टिले पूर्वाञ्चलमा सबैभन्दा कम २३ प्रतिशत तथा सुदूरपश्चिममा सबैभन्दा धेरै ८७.२३ दशमलव रोपाई सम्पन्न भएको छ ।

Advertisement

Advertisement

Advertisement