परिसंघले यसपटक साधारणसभामा प्रमुख दलका शीर्ष नेतालाई बोलाउने

Advertisement

काठमाडौंः नेपाल उद्योग परिसंघले यस पटक आफ्नो बार्षिक साधारणसभा विशेष ढंगले बढाउने तयारी गरेको छ । “समृद्घिको लागि लगानी र विकासको अपरिहार्यता” नारासहि तगर्न लागिएको १४औं वार्षिक साधारणसभा गर्ने तयारी गरेको हो ।

सन् २००२ मा स्थापना भएको परिसंघको साधारणसभा यही साउन ६ गते हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम केपी ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विशेष वक्ताको रुपमा बोलाइएको छ । साधारणसभा नियमित प्रक्रिया भए पनि यो पटक भिन्न परिवेश र परिस्थितिमा हुन लागेकाले विशेष ढंगले गर्न लागिएको जनाइएको छ ।

ठूलो उतारचढाव, द्वन्द्व र शान्ति प्रक्रियाको पहलकदमीपछि मुलुकले नेपालको संविधान २०७२ कार्यान्वयन भएको भन्दै परिसंघले दुई दशकपछि स्थानीय निर्वाचन सम्पन्न हुने क्रममा रहेको र मुलुकलाई विकासको अर्को चरणको उचाइँमा पुरयाउन नयाँ नीति र कार्यक्रमहरु अवलम्बन गर्नु आवश्यक रहेको जनाएको छ ।

परिसंघले निजी क्षेत्रको सम्मानजनक प्रवर्धन, लगानीमैत्री वातावरणको निर्माण तथा जिम्मेवारीबोध सहितको सरकारी कार्यक्षमताको बिस्तार गर्नु जरुरी रहेको भन्दै सन् २०३० भित्र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य पूरा गर्नको लागि पनि थुप्रै खाले आर्थिक परिसूचक, लगानी र उद्योग विकासमैत्री कानून, नीतिए वं वातावरण बनाउनुको विकल्प नरहेको जनाएको छ ।

मुलुकमा आर्थिक विकासको एजेण्डालाई अघि बढाउन विशेषतः प्रमुख तीन राजनीतिक दलको विशेष र महत्वपूर्ण भूमिका रहेको भन्दै परिसंघले यही यथार्थतालाई दृष्टिगत गर्दै यस बर्ष साधारणसभामा तीन वटा राजनीतिक दलका शीर्ष नेतृत्वलाई एकै थलोमा आमन्त्रण गरी निजी क्षेत्रको आफ्ना थप धारणाको प्रस्तुति गर्ने तथा शीर्ष नेताहरुबाट आ–आफ्नो “भिजन” सहित आर्थिक अवसरलाई रुपान्तरण गर्ने प्रतिवद्धता चाहेको जनाएको छ ।

मुलुकको आर्थिक उत्थानको लागिआवश्यक पर्ने भौतिक पूर्वाधार, औद्योगिक लगानी, सुशासन, सीप विकासका, बसोबास, भूकम्प पछिको पूनर्निर्माण र प्रविधिमा उल्लेख्य लगानी लगायतका विषयहरुलाई केन्द्र विन्दुमा राख्नु आवश्यक एवं अनिवार्य छ भन्दै उसले यसो भएमा मुलुकले परिलक्षित गरेको दिगो विकासको लक्ष्य प्राप्त गरी अर्थव्यवस्थाले गति लिने विश्वस लिएको छ ।

Advertisement

Advertisement

Advertisement