कतार एयरवेजबाट यात्रा गर्नेहरु आधै घटेपछि हिमालय एयरलाइन्सले दोहाको उडान बढायो

Advertisement

काठमाडौंः हिमालय एयरलाइन्सले कतारको दोहा उडान थप गरेको छ । दोहाको बढ्दो मागलाई ध्यानमा राखी आउँदो साउन १९ गतेदेखि हप्ताको थप दुई उडान थपेको जनाएको हो । अब मंगलबार र बिहीबार पनि हिमालय एयरलाइन्सले दोहा उडान गर्नेछ ।

कतार संकटपछि कतार एयरवेजको बुकिङ गर्नेहरुको संख्या झण्डै आधै भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुबाट समाचार प्रकाशित भइरहेको बेला हिमालय एयरलाइन्सले दोहोको उडान संख्या बढाएको हो । यो संख्यालाई आउँदो भदौ १७ गते अर्को दुई वटा थप गरी हप्ताको ११ वटा उडान पुर्याउने हिमालय एयरलाइन्सले जनाएको छ । भदौबाट थपिने उडान शनिबार र आइतबार हुनेछ ।

हिमालय एयरलाइन्सले थप उडान आउँदो कात्र्तिक ११ गते सम्मलाई रहने जनाएको छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी दोहामा सोही दिन स्थानीय समयअनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान भरि साँझ २०ः५० मा काठमाडौं अवतरण गर्नेछ ।

नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले यसअघि कोलम्बो र यांगुनको उडान सञ्चालन गरे पनि यात्रु कम भएको भन्दै हाल ती गन्तव्यमा उडान बन्द गरेको छ ।

Advertisement

Advertisement