आरबीबी मर्चेन्ट बैंंकिङको पहिलो साधारणसभा सम्पन्न: छिट्टै कारोबार प्रक्रियामा उत्रने

Advertisement

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे आव २०७२/७३ को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मर्चेन्ट बैंंकिङका सञ्चालक समितिका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभाले आव २०७२/७३ को वार्षिक प्रतिवेदनसहित अन्य प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा बोल्दै अध्यक्ष किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैंकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंँदा दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने बताए।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हाल १० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले निकट भविष्यमै कारोबार सञ्चालन गर्ने जानकारी दिए ।

कार्यक्रममा आरबीबी मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका सञ्चालकहरु कविराज अधिकारी, केशव प्रसाद लम्साल, देवेन्द्र रमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायब महाप्रबन्धकहरु सुशील श्रेष्ठ, टेकराज जोशी, नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधिकोे उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement