रत्न मन्दिरको सुरक्षामा खटिएका सैनिक जवानबाट आफ्नै साथीको गोली हानी हत्या

Advertisement

काठमाडौंः तत्कालिन राजपरिवारका सदस्यहरु पोखरा जाँदा आराम गर्ने फेवाताल किनारको रत्न मन्दिरको सुरक्षामा खटिएका एक सैनिकले आफ्नै सहकर्मीको हत्या गरेका छन् ।

हाल सरकारको सम्पत्तिको रुपमा रहेको यो मन्दिरको सुरक्षार्थ खटिएका दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले गोली हानेर बैतडी घर भएका गणेशसिंह विष्टको मंगलबार बिहान साढे ४ बजे हत्या गरेका हुन ।

लोहारले सात राउण्ड हानेको समाचार स्रोतहरुको भनाई छ । उनीहरुबीच आपसी मनमुटावका कारण गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । गोली हान्ने लोहार सैनिक नियन्त्रणमा रहेको र मृतक विष्टको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement