नाडा अटो शो भदौ १६ बाट, अवलोकनकर्ता बढने दावी

Advertisement

काठमाडौंः सवारी साधन र यसको पार्टपुर्जाहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’ यही भदौ १३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ । नाडा अटो शोको यो १२औं संस्करण हो ।

नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले आइतबार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो । छ दिनसम्म चल्ने प्रदर्शनी ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिसँग मिलेर आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा नाम चलेका ब्राण्डका सवारी साधनहरुका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्ट्स, टायर ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसरिज र बैंक तथा बीमा कम्पनीहरुको सहभागिता रहने छ ।

सर्वो लुब्रिकेन्टद्धारा शीर्ष प्रयोजन हुने नाडा अटो शो नेपालकै ठूलो प्रदर्शनीको रुपमा हरेक बर्ष दशैंअघि आयोजना हुने गरेको छ । विशेषगरी नयाँ सवारी साधनका सौखिनहरुलाई लक्षित गरेर गरिने यस कार्यक्रम विश्व बजारमा आएका नयाँ प्रविधि र सुविधाका सवारी साधनका लागि यससँग सम्वन्धित प्रविधि एवं उपकरणका बारेमा जानकारी दिने गरिन्छ ।

यस बर्षको मेलामा साना ठूला गरी लगभग १३० वटा स्टलहरु रहनेछन् भने ९० वटा संस्थाको सहभागिता रहने छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाँग्रे, १९ वटा ब्राण्डका दुई पाँग्रे तथा छ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधन रहनेछन् ।

नाडा अटोमोवाइल एशोसियशनका अध्यक्ष अन्जन श्रेष्ठले विगतका प्रदर्शनीमा रहेका कमजोरीलाई सुधार गरी यस बर्ष व्यवस्थित ढंगले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

Advertisement

Advertisement

Advertisement