बार्सिलोनाको जितमा मेस्सी नायक

Advertisement

एजेन्सी: लियोनेल मेस्सीले दोस्रो हाफमा दुई गोल गरेपछि ला लिगामा बार्सिलोनाले अलाभेलाई २-० ले पराजित गर्यो । उनले पहिलो हाफमा पेनाल्टी चुकाए पनि दोस्रो हाफमा उत्कृष्ट गोल गरे ।

जेरार्ड पिकेलाई फाउल गरेपछि ४१ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीको प्रहार गोलरक्षक फर्नान्डो पचेकोले बचाए । दोस्रो हाफको ५५औं मिनेटमा मेस्सीले गरेको प्रहारले डिफेन्डरलाई छुँदै गोलपोस्ट चुमे पछि बार्सिलोनाले १-० को अग्रता लियो ।

त्यसको ११ मिनेटपछि मेसीले दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । गत साता बार्सिलोनाले बेटिसलाई २-०ले गोल अन्तरले पराजित गरेको थियो । शनिबार नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले लास पाल्मासलाई ५-१ले हरायो ।

एटलेटिकोले खेलको सुरुआती ५ मिनेटमै २ गोलको अग्रता बनायो । एन्जल कोरिया र यानिक करासकोले लगातार गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा कोकेले म्याड्रिडको लागी २ गोल थपेपछि अग्रता दोब्बर भयो । खेलको अन्त्यमा थोमस पार्टले गोल थप्दै पाहुुना टोलिको अग्रता फराकिलो बनाए ।

Advertisement

Advertisement

Advertisement