आइसक्रिम बनाउने ठाउँमा मुसाले माटो थुपारेको भेटेपछि उद्योगमा सिलवन्दी

Advertisement

काठमाडौंः आइसक्रिम उत्पादन गर्ने सूर्यविनायकस्थित एक उद्योगमा सिलवन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल र जिल्ला प्रशासन कार्यालय, भक्तपुर समेतको संयुक्त अनुगमन टोलीले सूर्यविनायक(३ स्थित पवित्र लक्ष्मी फूड प्रोडक्टस नामक उद्योगमा सिलबन्दी गरेको हो ।

अत्यन्तै फोहोर, दुर्गन्ध फैलिएको अवस्थामा आइसक्रिम उत्पादन गरिरहेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । उत्पादनस्थलमा मुसाले माटो थुपारेको पनि पाइएको छ । विभागले उक्त कारखाना सिलबन्दी गरी खाद्य ऐनबमोजिम कार्वाही अगाडि बढाएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement