बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सिम वितरण 

Advertisement

काठमाडौंः नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा ५० रुपियाँ टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरेको छ ।

यस्तो सिम बितरण भएका जिल्लामा हरु (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर छन् ।

साथै, कम्पनीले बाढी प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement