नेपाल ग्रामिण बिकास बैंकको एफपीओ भदौं २७ बाट

Advertisement

काठमाडौंः नेपाल ग्रामीण बिकास बैंकले भदौं २७ गतेबाट थप सार्बजनिक सेयर निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । बैंकले ९ करोड ७५ लाख कित्ता सेयर निष्कासन ल्याउन लागेको हो । बैंकले प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँको दरमा नै सेयर जारी गर्ने भएको छ । बैंकको सेयर भदौं ३० गते देखि असोज १० गतेसम्म खुला रहनेछ ।

बैंकको सेयरमा न्युनत्तम ५० कित्ता र अधिकत्तम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन सकिन्छ । एफपीओपछि ५५ करोड ७५ लाख रुपैयाँ पुँजी पुग्नेछ । बैंकको चालु आव अन्त्यमा पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयरले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको छ ।

Advertisement

Advertisement

Advertisement