डिसहोमको दशैं तिहार योजनामा ग्राहकलाई तीन हजारको छुट

Advertisement

काठमाडौंः स्याटेलाइट प्रविधिमा आधारित डीटीएच (डाइरेक्ट टु होम) सेवा प्रदायक डिसहोमले दशैं र तिहारलाई लक्षित गर्दै “खुसी अन गरौं” नामक योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले पाँच हजार ९९९ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा तीन हजार छुट प्राप्त गरी दुई हजार ९९९ मा जोड्न सक्नेछन । डिसहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एचडी सेटटप बक्समा भारी छुट प्रदान गरेको हो ।

डिसहोमले हरेक वर्ष दशैं र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष पनि हाइब्रिड एचडी कनेक्सनको खरिदमा तीन हजार छुट प्रदान गर्न लागेको यस कम्पनीका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

उनले भने, “हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिसहोम जडान गर्न पे्ररित गर्न चाहन्छौ । हामी नेपालकै सबैभन्दा बढी एचडी च्यानलहरु भएको र बिक्री पछिको गुणस्तरीय सेवा नेपालभर पुर्याउन सक्षम कम्पनी हौं ।”

सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिसहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय भएको डिसहोसमको भनाई छ ।

Advertisement

Advertisement

Advertisement