हिमालयन बैंकलाई ‘टीएफपी अवार्ड २०१७ – लिडिङ पाटनर बैंक इन नेपाल’ अवार्ड

Advertisement

काठमाडौंः एसियाली विकास बैंक (एडीबी)ले हिमालयन बैंकलाई टीएफपी अवार्ड २०१७ – लिडिङ पाटनर बैंक इन नेपाल प्रदान गरेको छ । एडीबीद्वारा हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएको छ ।

यही सेप्टेम्बर ५ मा सिंगापुरमा आयोजित एडीबी ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका वरिष्ठ व्यवस्थापकद्वय नविन पौड्याल तथा सतीश जोशीले उक्त अवार्ड ग्रहण गरेका थिए । बैंकले यस पटक समेत लगातार दोस्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।

Advertisement

Advertisement