सेयर बढ्नुपर्ने बेला अस्वाभाविक गिरावट, नेप्से र कारोबार दोहोरो अंकले खस्कियो

Advertisement

काठमाडौंः सेयर बजारमा पछिल्ला दिनमा भारी गिरावट आएको छ । चाडपर्व नजिकिएको बेला बजार सकारात्मक हुनुपर्नेमा घटनुलाई विश्लेषकहरुले आश्चर्य मानेका छन् । गएको सातामा मात्रै सेयर बजारमा २५ दशमलव ४८ अंकले घटेको छ भने गएको दुई सातामा ६३ दशमलव २६ अंकले घटेको छ ।

गएको साता एकल अंकले घटेको सेयर कारोबार यो साता ३२ प्रतिशतभन्दा बढीले घटेर दुई अर्ब ४१ करोड रुपियाँमा सीमित भएको छ । सेयर बेचेर दशैं मनाउने तयारीमा रहेका सर्वसाधारण लगानीकर्ता पछिल्लो गिरावटले गर्दा कारोबार गर्न हिच्कएका छन् । वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराईका अनुसार करिव एक महिनायता सेयर बजारमा आएको झण्डै सय अंकको गिरावट अस्वाभाविक भएको बताउँछन ।

उनका अनुसार कम्तिमा सेयर बजार बढन नसके पनि स्थिर रहनुपर्ने बेला बिना कारण बजार घटनु आश्चर्य लाग्दो विषय हो भन्छन । भट्टराईले शुक्रबार साँझ कर्पोरेट नेपाल नामक टेलिभिजन कार्यक्रममा अन्तवार्ता दिने क्रममा नियामक निकायको कमजोरीको फाइदा उठाउँदै बजारलाई गलत ढंगले निर्देशित गर्ने काम भइरहेको भन्दै गलत काम गर्नु अपराध भएकाले त्यस्तालाई पहिचान गरी कारवाही गर्न सक्नुपर्ने बताए ।

समूहगत कारोबार हेर्दा क्रमसः बाणिज्य बैंक समूहको उपसुचक २३ दशमलव १७ अंकले, विकास बैंक २१ अंकले, आठ दशमलव २६ अंकले, होटल दुई दशमलव ३७ अंकले, जलविद्युत ४० दशमलव ४३ अंकले, बीमा २०० दशमलव २३ अंकले, उत्पादनमूलक समूह ९० दशमलव ६१ अंकले घटेको छन भने अन्य समूहमा शुन्य दशमलव २९ अंकले मात्रै बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१२ करोड ३१ लाख २० हजार रुपैयाँ)को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७५ हजार कित्ता)को आधारमा गुँरास लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक अग्रस्थानमा छ भने कारोबार संख्या (दुई हजार ६७६ वटा)को आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा रहेको छ ।
यो साता कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको तीन लाख २५ हजार कित्ता बोनस सेयर, सहयोगी विकास बैंकको ११ लाख एक हजार १३५ कित्ता हकप्रद सेयर र पूर्णिमा विकास बैंकको आठ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत भएका छन् ।

Advertisement

Advertisement

Advertisement