टाटा योद्धा अब नेपाली बजारमा

Advertisement

काठमाडौंः नेपालमा लोकप्रिय ब्राण्ड टाटा मोटर्स र यसको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सहकार्यमा बिहीबार राजधानीमा एक कार्यक्रमबीच टाटा योद्धासार्वजनिक गरियो । टाटा मोटर्सद्वारा उत्पादित टाटा योद्धाले प्रतिस्प्रधात्मक युगमा आफ्नो अतुलनीय विशेषताहरुको प्रतिनिधित्व गर्ने सिप्रदीको भनाई छ ।

टाटा योद्धा विभिन्न भेरियन्टहरुमा उपलब्ध छ । यसमा भएको ८५ एचपीको शक्तिशाली ३.० लिटर इन्जिन, २५० एनएम टर्कले यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी साबित गर्न मद्दत गर्ने जनाइएको छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले गर्दा यसलाई जुनसुकै व्यवसायमा जस्तै फलफूल र तरकारी, पोलिट्री, माछा, दूध आदि ढुवानीमा, क्यास भ्यान र कन्सट्रकसन साइटहरुमा सर्भिस सपोर्ट भेहिकलको रुपमा ढुक्कले प्रयोग गर्न सकिने टाटाको भनाई छ ।

उद्घाटन कार्यक्रममा टाटा मोटर्स लिमिटेडका कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेश यूनिटका भाइस पे्रसिडेन्ट रुद्ररुप मैत्रले टाटा मोटर्स् नेपालको नम्बर एक ब्राण्डको रुपमा चिनिएको र टाटा योद्धाले नेपाली ग्राहकहरुको आवश्यकतालाई पूरा गरेर उहाँहरुको मन जित्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

उनले टाटा योद्धा ग्राहकहरुको दैनिक प्रयोगका लागि उत्कृष्ट माध्यम साबित हुने र यसले ग्राहकहरुले रोजेको जुनसुकै व्यवसायको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मैत्रले टाटा योद्धाले ननस्टप पर्फमेन्स, अत्याधुनिक आरामदायीता, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेण्टी प्रदान गर्ने बताए । उनले अबको छ महिनामा योद्धा प्ल्याटफर्म अन्तर्गत नयाँ भेरियन्ट थप्ने बताए ।

सिप्रदी अध्यक्ष सिद्धार्थ रानाले आफूहरुले टाटा मोटर्ससँग सन् १९८२ देखि सहकार्य गर्दै आइरहेको र हालसम्म टाटा मोटर्स्ले नेपालमा आफ्नो बजार पूर्णरुपले विस्तार गर्न सफल भएको बताए । उनले सिप्रदीले नेपालमा टाटा मोटर्सका उत्पादनहरुको बिक्री बितरण तथा बिक्री पछिका सेवाहरुमा सधैं उत्कृष्ट साथ दिइरहेको र आगामी दिनहरुमा समेत निरन्तर दिइरहने बताए ।

Advertisement

Advertisement

Advertisement