देवः विकास बैंकले भिसा डेबिट र एटिएम कार्ड प्रयोगमा शुल्क नलिने

Advertisement

काठमाडौंः देवः विकास बैंकले भिसा डेबिट र एटिएम कार्ड प्रयोग गर्दा लाग्ने शुल्क नलिने भएको छ । सम्पूर्ण भिसा कार्डबाहकका लागि असोज १ गते देखि लागू हुनेगरी शुल्क मिनाहा गर्न लागिएको बैंकले जनाएको छ ।

ग्राहकलाई सजिलो सुरक्षित, विश्वसनिय एंव भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेबिट एटिएम कार्ड प्रयोग गर्दा लागि रहेको ३० रुपियाँ शुल्क अब निशुल्क गर्ने भएको हो । बैंकले जारी गरेको भिसा डेबिटरएटिएम कार्ड नेपालमा ७९२ भन्दा बढी एटिएम सञ्जाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ ।

बैंकले विद्यमान स्मार्ट च्वाईस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेबिटरएटिएम कार्ड सेवालाई समेत निरन्तर प्रचलनमा ल्याइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement