रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर नजाने हो भने काँग्रेस फेरि पछि पर्छ

Advertisement

तनहुँः कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रदेश र केन्द्रको निर्वाचनपछि बन्ने सरकारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानु पर्ने बताएका छन्।

शुक्रबार तनहुँमा पत्रकारहरुसँग कुराकानी गर्दै युवा नेता पौडेलले पार्टीमा ठूलो योगदान पुर्याएका र इमान्दार छवी कायम राख्न सफल भएका रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा जानुपर्ने भन्दै अहिले नै त्यो गर्न सकिएन भने काँग्रेस स्थानीय तहको निर्वाचनमा जस्तै पछि पर्ने बताए ।

उनले भने– ‘अहिले पार्टीको छवि बिग्रेको छ । इमान्दार र छवि राम्रो भएका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनाव जाँदा मात्र नेपाली कांग्रेसलाई जनताले पत्याउन सक्छन् ।’ काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विवादास्पद छवी र विवादास्पद क्रियाकलापका कारण चौतर्फी काँग्रेसको आलोचना भइरहेको बेला युवा नेता पौडेलले उक्त धारणा राखेका हुन ।

लामो समय कांग्रेसको राजनीतिमा रहेर संघर्ष गर्दै आउनुभएका रामचन्द्र पौडेलको पार्टीमा ठूलो भूमिका रहेकाले आगामी प्रदेशसभा र संघीयसभाको चुनावपछि बन्ने केन्द्रीय सरकारको नेतृत्व दिनुपर्ने उनको भनाई छ ।

कर्पोरेट नेपालसँग थप कुराकानी गर्दै उनले तनहुँमा धेरै राष्ट्रियस्तरका नेता भएको बताउँदै उनीहरुको संरक्षण गर्ने काम वरिष्ठ नेता पौडेलबाट हुनुपर्ने र अन्य नेताहरुले पनि पौडेल जस्तो व्यक्तित्वलाई अबको सरकारको नेतृत्वका लागि सहयोग गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement