सपोर्ट माइक्रोफाइनान्सको आइपीओ आजबाट खुल्यो, असोज २३ सम्मआवेदन दिन सकिने

Advertisement

काठमाडौं: सपोर्ट माइक्रोफ़ाइनान्स वित्तीय संस्थाको बुधबारबाट प्राथमिक शेयर (आइपिओ) जारी भएको छ । संस्थाले एक करोड ८० लाख रुपियाँको १ लाख ८० हजार कित्ता आइपीओ जारी गरेको हो । सय रुपियाँ अंकित मूल्यको आइपीओमा दुई प्रतिशत शेयर (३,६०० कित्ता) कर्मचारी र पाँच प्रतिशत शेयर (९,५०० कित्ता) सामूहिक लगानी कोषहरुका लागी छुट्याइएको छ ।

आइपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओ भर्ने असोज २३ गतेसम्म म्याद रहेको छ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक १६ गतेसम्म आवेदन दिन सकिने, कम्पनीले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा सपोर्टको प्रमुख कार्यालय इटहरी उपमहानगरपालिका–२६ सुनसरीबाट आवेदन दिन पाउनेछन् । त्यसैगरी, आस्वा अनुमति पाएका सम्पूर्ण बैक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।

हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको सपोर्ट माइक्रोफ़ाइनान्सको चुक्ता पुँजी ४ करोड २० लाख रुपियाँ रहेको छ ।

Advertisement

Advertisement