अर्जेन्टिना बिश्वकपको लागि छनोट, मेस्सीले गरे ह्याट्रिक

Advertisement

एजेन्सी: बुधबार बिहान खेलिएको अर्जेन्टिनाले इक्वेडरबीचको बिश्वकप छनोट खेल अन्तर्गत अर्जेन्टिनाका लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना बिश्वकपको लागि छनोट भएको छ । अर्जेन्टिनाले इक्वेडरलाई ३-१ गोल अन्तरले हराएको थियो ।

इक्वेडरको घरेलु मैदानमा भएको खेलमा पहिले उसले इब्राको गोलबाट अग्रता लिए पनि जितको लागि पनि पर्याप्त हुन सकेन ।

१२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गर्दै अर्जेन्टिना खेलमा फर्कियो । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै मेस्सीले अर्जेन्टिनाको जित सुनिश्चित गरे । यो जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भयो ।

दक्षिण अमेरिकी समूहबाट ब्रजिल यसअघि नै छनोट भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement