माओवादीका मन्त्रीहरु ! नैतिकता छ भने सरकार छोड

Advertisement

काठमाडौंः काँग्रेस नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुलाई नैतिकताको आधारमा सरकार छोड्न सल्लाह दिएका छन् । रिपोर्टर्स क्लबमा सोमबार लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नेको कारण सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरे ।

काँग्रेससँग सत्तासाझेदारी गरिरहेको बेला माओवादी एक्कासी एमालेसँग पार्टी एकीकरणको प्रतिवद्धतासहित चुनावी तालमेल गर्न सहमत भएपछि काँग्रेसले माओवादीका मन्त्रीहरुलाई पेल्न थालेको हो । माओवादीका मन्त्रीहरुलाई हटाइनहाले पनि मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरी विना विभागीय बनाउने तयारी भइरहेको छ ।

लेखकले वामएकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपार्ने बताउदै भने, ‘काँग्रेस राणाका बिरुद्धमा एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ ।’

आगामी केन्द्र र प्रदेश सभामाको निर्वाचनमा काँग्रेसले एक्लै बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने दबी गरे । वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिँदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थीहरु उभिएको बताए ।

उनले भने, ‘संसारमा लोकतान्त्रिक शासन प्राणाली स्थापित भइसकेको स्थितिमा नेपालमा निर्वाचनमा बहुमत ल्याएर फेरी कम्युनिष्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्यभन्दा बाहिर जानु हो ।’

Advertisement

Advertisement

Advertisement