सरकारी नियम नमान्ने ६१५ करदाता कारवाहीमा, ३८ लाख ४८ हजार जरिवाना असुली

Advertisement

काठमाडौंः आन्तरिक राजस्व विभागले आफ्नो नियन्त्रण अन्तर्गका कार्यालयमार्फत बजार अनुगमनलाई तिब्रता दिएको छ । विभाग अन्तरगतका ३६ वटा कार्यालयमार्फत भदौ २७ गतेदेखि बजार अनुगमन सुरु गरेको हो । प्रत्येक कार्यालयबाट ३/३ वटा टोली परिचालन गरि अनुगमनमा तीब्रता दिइएको विभागले जनाएको छ ।

बजार अनुगमन विभागको नियमित कार्य भएकाले तथा दशैं, तिहार, छठ जस्तो चाडवाडको समयमा बढी कारोवार हुने भएकाले पनि अनुगमनलाई तीब्रता दिइएको जनाएको हो । हालसम्म गरिएको अनुगमनमा चार सय ४२ टोलीबाट तीन हजार ९०५ वटा करदाताको अनुगमन गरी छ सय १५ करदातालाई कारवाही गरिएको बताइएको छ । कारबाहीबाट विभागले ३८ लाख ४८ हजार रुपियाँ जरिवाना समेत असुल गरेको छ, भने केही करदातामाथि थप अनुसन्धान भइरहेको छ ।

अनुगमनमा स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेका मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा समेत बरामद गरिएको जनाइएको छ । साथै टोलीले नक्कली स्टिकर प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर नतिरेको, विलको प्रयोग नगरिएको जस्ता कार्य गरेको खण्डमा कारवाही गरेको हो । अनुगमनका क्रममा टोलीले व्यवसायीहरुलाई करदाता शिक्षका साथै कानुनको पालना गर्न सुझाव समेत दिएको छ ।

टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुको थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ । आन्तरिक राजस्व विभागले बजारमा विलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडारुपमा प्रस्तुत हुने चेतावनी दिनुका साथै बजार अनुगमनलाई बर्षैभरी निरन्तरता दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement