चिनियाँ लगानीकर्तालाई महासंघको आग्रह– लगानी गर्नुस, केही समस्या परे हामी छौं

Advertisement

काठमाडौंः नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीले लगानीका क्रममा कुनै पनि समस्या आएमा त्यसलाई समाधान गर्न महासंघ तयार रहेको भन्दै नेपालमा निधक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् ।

चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओको नेतृत्वमा आएको १२ सदस्यीय चिनिया“ लगानीकताहरूको प्रतिनिधिमण्डलस“ग महासंघको सचिवालयमा भएको छलफलमा महासंघका पदाधिकारीहरुले निधक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई सुझाव दिएका हुन ।

नेपाल भ्रमणमा आएको चिनिया“ लगानीकर्ताहरूको टोलीमा होटल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, उर्जा, सूचना प्रविधि आदि क्षेत्रस“ग सम्बन्धित चिनिया“ लगानीकर्ताहरू रहेका छन् । नेपालमा लगानी गरिरहेका बहुर्राष्ट्रिय कम्पनीहरूले निकै धेरै लाभ हासिल गरिरहेका उदाहरण दिंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।

गोल्छाले व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रुपमा नेपाल स्थापित भइसकेको भन्दै चिनिया“ लगानीकर्ताहरूस“गको व्यसायिक भेटवार्ताबाट सकारात्मक कार्यको थालनी भएको बताए । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वाह्य लगानी आकर्षणका लागि सरकारी नीति नियम उदार रहेको र नेपाल सरकार वाह्य लगानी आकर्षणका गर्न लालयित रहेकोले ढुक्क भएर लगानी गर्न सकिने बताए ।

लगानीका क्रममा स्थानीय तहमा कुनै समस्या आए त्यसलाई समाधान गर्न सरकार तथा निजी क्षेत्र दुवै तयार रहेको भन्दै श्रेष्ठले पछिल्लो पटक अवलम्व गरिएका नीति नियमले समेत वातावरण अझ सहज बनाएको बताए ।

चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ताहरू इच्छुक रहेको बताए । उनले नेपालमा लगानीका क्षेत्र र सरकारी नीति नियमका बारेमा जानकारी लिन नेपाल भ्रमणमा आएको स्पष्ट पारे ।

चिनियाँ टोलीका तर्फबाट परियोजना स्थापनाका क्रममा स्थानीय क्षेत्रमा आइपर्ने जग्गा प्राप्ति, वन लगायतमा आउने समस्या समाधानका विषयमा जिज्ञासा राखेका थिए । साथै चिनिया“ प्रतिनिधिमण्डलले आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्न आफूहरू इच्छुक रहेको बताएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement