चिनियाँ राष्ट्रपति सीको नेत्तृत्वमा सात-सदस्यीय स्थायी कमिटीको घोषणा

Advertisement

सिएनएन : चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टी (सीपीसी)को महासचिवमा पुनः निर्वाचित भएका छन् ।

उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । सीपीसीको १९ औं महासभा (कंग्रेस)ले बुधबार बिहानको विस्तारित बैठकले उक्त घोषणा गरेको हो । उक्त बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको सात-सदस्यीय नाम सार्वजनिक गरेका छन् ।

शीर्ष नेताहरुमा पांच नयाँ अनुहार छन् । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ पूराना अनुहार हुन् भने ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ नयाँ हुन् । चाउ लिजी, ६० वर्षका सबभन्दा कान्छो सदस्य बनेका छन् जसलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख समेत जिम्मेवारी दिइएको छ ।

 

 

Advertisement

Advertisement

Advertisement