ट्रिपरकोे ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Advertisement

धादिङः जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

बा२ख ७१८२ नं को ट्रिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नं को मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा काठमाडौँ बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

Advertisement