पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा, आन्द्रलेक्ट ५-० ले पराजित

Advertisement

एजेन्सीः युईएफा च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सानदार जित निकाल्दै पेरिस सेन्ट जर्मन (पिएसजी)ले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । पिएसजीले आन्द्रलेक्टलाई ५-० हराउदै दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो ।

खेलमा नेइमार र मार्को भेराटीले पहिलो हाफमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । भेराटीले खेलको ३०औं र नेइमारले पहिलो हाफमा थप गरिएको ४ मिनेटमा गोल गरेका थिए । भने पिएसजीकै कुर्जावाले ह्याट्रिक गरेपछि पिएसजीले एन्डरलेच्टलाई ५-० फराकिलो अन्तरमा हराउन सफल भयो । उनले खेलको ५२, ७२ र ७८ मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पुरा गरे।

समूहको अर्को खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २-१ ले पराजित गर्‍यो । उसको जितमा किङ्सले कोमन र जाभी मार्टिनेजले गोल गरे । अंक तालिकामा पिएसजीको ४ खेलमा सर्वाधिक १२ अंक छ भने म्युनिखले ९ अंक जोडेको छ । सेल्टिक ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा अंकविहिन आन्द्रेलेक्ट पुछारमा छ ।

Advertisement

Advertisement

Advertisement