‘लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन विजयी हुनैपर्छ’

Advertisement

जलवीरे, सिन्धुपाल्चोक: सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका¬–५ ढाँडेमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन कुनै व्यक्तिको हार जितसँग नभई मुलुकको लोकतन्त्र रहने वा नरहने विषयसँग जोडिएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

विकासको मुहार नदेखेका यस क्षेत्रका जनतालाई समृद्ध बनाउन आफूले अहिलेसम्म कसैले नल्याएका विकासका वहार ल्याउने प्रतिबद्धता जनाए । नेपाली काँग्रेसका तर्फबाट सो क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका मन्त्री बस्नेतले पाँच वर्षभित्र गाउँमा मात्र होइन, घरघरमा मोटरबाटो, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँच दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

सूचना तथा प्रविधिलाई जनताको पहुँचमा पु¥याउन जिल्लाका सबै गाउँमा टेलिफोन टावर बनाउने, तीन वर्षभित्र देशका सबै क्षेत्रमा कम्प्युटर पु¥याउने, सन् २०२७ भित्र मुलुकलाई पूर्णरुपमा ‘डिजिलटाइज्ज’ गर्ने योजना सुनाए ।

आफूले सूचना तथा सञ्चार मन्त्रालय सम्हालेको छोटो अवधिमा देशभित्रै नेपाली नोट छाप्ने व्यवस्था मिलाएको र यसबाट अरबौँ रकम बाहिरिनुबाट रोक्नुका साथै हजारौँले रोजगारी पाउने बताए ।

कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका सयौँ कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई सञ्चारमन्त्री बस्नेतले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

क्षेत्र नं १ (ख) का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठले आफूले निर्वाचनमा विजयी भएमा जिल्लाका पूर्वाधार विकासमा तीव्रता दिइने बताए ।

Advertisement

Advertisement

Advertisement