प्रिमियर लिगमा ब्राइटन र स्टोक सिटीको बराबरी

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा ब्राइटन र स्टोक सिटीले बाराबरी खेलेका छन् । गए राती भएको खेलमा ब्राइटन् र स्टोकले २-२ गोलको बराबरी खेलेका हुन् ।

स्टोक सिटीका म्याक्सिङले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । साथै पहिलो हाफको अतिरिक्त समयमा कोट जोउमले गोल गर्दै स्टोकको अग्रता दोब्बर बनाए ।

खेलको ४४ औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे । ६० औं मिनेटमा पास्कलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।

बराबरीपछि ब्राइछन १२ खेलबाट १६ अंकका साथ नवौँ स्थानमा उक्लियो भने स्टोक सिटी सम्मान खेलबाट १३ अंकका साथ लिग तालिकामा १५ औँ स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement