सिभिल बैंकको हकप्रद मङ्सिर २२ गतेदेखि , चुक्ता पूंजीको सीमा अझै नपुग्ने

Advertisement

काठमाडौं: सिभिल बैंकले १० बराबर ४ अर्थात १०ः४ अनुपातमा मङ्सिर २२ गतेदेखि पुस २७ गतेसम्म हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको दुई करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको दोस्रो बजारमा मंगलबार १ सय ९१ मा शेयर कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता १ सय अङ्कित दरमा खरीद गर्नुपर्ने हुन्छ ।

बैंकको मङ्सिर ४ गतेसम्म शेयर खरिद गरेका वा शेयर स्वामित्व हुने शेयरधनीहरुले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिभिल बैंकको सम्पूर्ण शाखामा आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६२ पुग्नेछ जुन राष्ट्र बैंकको चुक्ता पुंजीसिम्मा भन्दा कम हुनेछ । बैंकले चालू आवको पहिलो त्रैमासमा गत वर्षको भन्दा ८ प्रतिशतले बढी अर्थात ११ करोड ३३ लाख ६९ हजार मुनाफा आर्जन गरेको छ ।

बैंकले पहिलो त्रैमासमै ३१ करोड ४५ लाख ९ हजार रुपियाँ खराब कर्जा उठाएको छ ।

Advertisement

Advertisement

Advertisement