चार सीडीयोसहित छ कर्मचारी सरुवा आयोगले रोक्यो

Advertisement

काठमाडौंः निर्वाचन आयोगले चार प्रमुख जिल्ला अधिकारीसहित छ कर्मचारीको सरुवा रोकेको छ। निर्वान आचारसंहिता विपरित आयोगको सहमति बिनै गरिएको सरुवालाई मान्यता दिन नसक्ने आयोगले जनाएको हो।

सरकारले सोलुखुम्बुका सुनिल खनाल, रसुवाका चोलेन्द्र न्यौपाने, भोजपुरका फणिन्द्र दाहाल र नुवाकोटका वीरेन्द्रकुमार यादवलाई सरूवा गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले राजपत्रांकित द्वीतिय श्रेणीका छ कर्मचारीहरुको सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो।

आयोगले सरूवाको फाइल २४ घण्टाभित्र पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले कर्मचारीहरूको गत चार गते सरुवा गरे लगत्तै पाँच गते गृह मन्त्रालयमा अनुमतिका लागि पत्र पठाएको थियो ।

‘आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचार संहिता २०७२ मा स्पष्ट रहेको छ’, आयोगले भनेको छ, ‘उक्त काज सरुवाको निर्णयको सक्कलै फाइल पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगमा उपलब्ध गराउनु।’

Advertisement

Advertisement

Advertisement