रिलायन्सको २३ लाख ६ हजारबढी हकप्रद सेयर शुक्रबारबाट

Advertisement

काठमाडौं: रिलायन्स फाइनान्सको आउँदो शुक्रबारबाट ४५ प्रतिशत सेयर विक्री खुला गर्ने भएको छ ।

उसले १०ः४.५ अनुपातमा १०० रुपियाँ अंकित मूल्यको २३ लाख ६ हजार ५७१.६० कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर पुस २७ गतेसम्म भर्न म्याद दिइएको छ ।

कम्पनीका अनुसार मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । यसको विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंबाट हकप्रद भर्न सक्नेछन् । त्यसैगरी, रिलायन्स फाइनान्सको उपत्यका भित्रका प्रदर्शनीमार्ग काठमाडौं र न्यूरोड शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार ४६८ रुपियाँ छ । हकप्रद विक्रीपछि उसको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार ६२८ रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement