भरतपुरबाट मतदान गर्दै प्रचण्डले भने- देश अव आर्थिक समृद्धिको बाटोमा जान्छ

Advertisement

चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताए ।

दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपा ९प्रजातान्त्रिक० का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दैहुनुहुन्छ । उनले मतदान गरेको चितवन क्षेत्र नं ३ बाट पाण्डे लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

शिक्षा राज्यमन्त्री एवं चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं। ३ को शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

जिल्लाको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मतदान गर्दैहुनुहुन्छ । उनले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नुहुनेछ । उनी चितवन क्षेत्र नं। १ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भरतपुर महानगरपालिका वडा नं। १० स्थित नारायणी नमूना उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

नेकपा ९माओवादी केन्द्र० का अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै छन् ।

मतदानपछि पत्रकारहरुसंगे कुरा गर्दै उनले भने, देशमा समृद्धिको यात्रा सुरु भएको छ । अब राजनीतिक स्थायीत्व हुने र देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्नेछ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा खुसी र गर्वको महसुस भयो । देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि उनले जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement