गगनलाई लक्षित गरी बम हान्ने ६ जना विप्लपका कार्यकर्ता पक्राउ

Advertisement

काठमाडौं: नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नम्बर-४ बाट उम्मेदवार रहेका गगन कुमार थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेका अनुसार पक्राउ पर्नेमा विप्लप समूहका युवा दस्ता इञ्जार्च रवि गोलेसहित ६ जना छन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको नेउपानेले बताए । उनले भने राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको दावी गरे ।

Advertisement

Advertisement

Advertisement