भावी प्रधानमन्त्रीको चर्चामा रहेका केपी ओलीलाई २८ हजार मतान्तरले जिताए जनताले

kp_oli_uml_cpn

झापाः बहुमतउन्मुख वामगठवन्धनबाट भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका एमाले अध्यक्ष केपी ओलीले २८ हजार ८४२ मतान्तरले विजयी भएका छन् । उनले झापा क्षेत्र नं. ५ बाट निर्वाचित भएका हुन ।

ओलीले ५७ हजार १३९ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाए । उनले यसअघि २०६४ सालमा पराजय भोगे पनि त्यसपछिका निर्वाचनमा भने जित हासिल गर्दै आएका छन् ।