सेयर बजारलाई वामपन्थीको बहुमत फापेन, आज पनि भारी गिरावट

Advertisement

काठमाडौंः जनताले राजनीतिक स्थिरताका लागि वामगठवन्धनलाई स्पष्ट बहुमत दिएको बेला सेयर बजार बढनुपर्नेमा झन तीब्ररुपमा घट्दै गएको छ ।

अघिल्ला दिनहरुमा एकल अंकले घटेको बजार मंगलबार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसुचक नेप्से आज १७ दशमलव ५४ अंकले घटेर एक हजार पाँचसय नजिक पुगेको छ ।

आइतबार छ अंकले घटेको नेप्से सोमबार झण्डै तीन अंकले घटेको थियो । कारोबार रकम सोमबारभन्दा आज केही सुधार आए पनि अपेक्षाकृत हुन सकेन । वामगठवन्धनले अब गठन गर्ने सरकारले लिने आर्थिक नीतिप्रति लगानीकर्ता सशंकित हुँदा त्यसको प्रभाव बजारमा देखिएको विश्लेषकहरुको भनाई छ । धेरै लगानीकर्ताहरु वाम–अर्थतन्त्रलाई पर्ख र हेरको स्थितिमा रहेका छन् ।

आज उत्पादनमूलकबाहेक सबै समूहमा गिरावट भयो । विशेषगरी वित्तीय क्षेत्रका कम्पनीहरुको सेयर घट्दा नेप्सेमा भारी गिरावट हुन पुगेको हो । होटल र बीमा समूहको उपसुचक दुई प्रतिशतभन्दा बढिले घटेको छ भने बाँकी अधिकांश उपसुचक एक प्रतिशतभन्दा बढिले घटेको छ ।

आज कुल १५७ कम्पनीको सेयर किनबेच भएकोमा २८ कम्पनीको मात्रै बढेको छ भने बाँकीको सेयर घटेको छ ।

 

Advertisement

Advertisement

Advertisement