प्रम देउवालाई मोदीको फोन: निर्वाचन सम्पन्न गरेको बधाई, नेपालको भारत राजनीतिक स्थिरता र विकास चाहन्छु - मोदी

Advertisement

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्रीले आज प्रधानमन्त्री देउवालाई टेलिफोन गरी ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिएय्को प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

Advertisement

Advertisement

Advertisement