अबको वाम–अर्थतन्त्रप्रति सतिशकुमार मोरको यस्तो छ दृष्टिकोण

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै मुलुकमा बहुमतको सरकार बन्ने आशा पलाएको छ । यद्यपि जनमत एमाले–माओवादीको गठवन्धनको पक्षमा रहेको र उनीहरुले लिने आर्थिक नीति कस्तो हुने हो ? भन्ने उत्सुकता र आशंका विशेषगरी नेपालको निजी क्षेत्रमा देखिन्छ । निर्वाचनको नजितापछिको परिस्थितिलाई निजी क्षेत्रले कसरी हेरिरहेको छ ? भन्ने विषयमा कर्पोरेट नेपाल डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘कर्पोरेट नेपाल’मा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिशकुमार मोरसँग गरिएको अन्तरवार्ताको सारः १) तपाईंहरुले स्थिर सरकार भएन, राजनीतिक स्थिरता भएन, नीतिगत स्थिरता भएन भन्दै आउनुभएको थियो । अब चुनाव पनि भएको छ । एक खालको परिणाम पनि आएको छ । कत्तिको आशावादी हुनुहुन्छ अब ?

Advertisement

जनताले स्पष्ट संकेत दिएको छ । स्थिर सरकार नै चाहिन्छ हामीलाई । नयाँ संविधानले पनि दिएको छ किन दुई बर्षभन्दा पहिले अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने । त्यो कारणले अबका दिनमा अर्थतन्त्रले गति लिने कुरामा पूर्ण आशावादी छौं ।
२) अहिले एक खालको आशंका पनि देखिन्छ नि वामपन्थीहरुको एकतालाई बहुमत आएको छ । यसबाट भोलि अर्थतन्त्र कुन बाटोमा जाने हो ? कसरी अघि बढ्छ ? जाने भन्ने, तपाईंहरु उदार अर्थतन्त्रका पक्षमा भएकाहरुमा चिन्ता र त्रास जस्तो देखिन्छ । तपाईंलाई लाग्छ ?
मलाई त्यस्तो किसिमको शंका उपशंका लाग्दैन । किनभने हिजो पनि थियो वामपन्थीहरुको सरकार । एमालेको थियो । माओवादीको पनि थियो । भोलि उहाँहरुबीच पनि कसरी समायोजन हुन्छ । हेर्न बाँकी छ । तर आजको स्पष्ट बहुमत हेर्दा वामगठवन्धनकै सरकार हामीले देखिरहेका छौं ।३) बिगतमा त मिलिजुली खालको सरकार थियो । अहिले त कम्युनिष्टहरुको मात्रै सरकार बन्न लागेको छ नि त ?कम्युनिष्ट कै सरकार भए पनि उहाँहरुले आर्थिक क्रान्तिको कुरा लिइरहनुभएको छ । हामीले बारम्बार विभिन्न फोरमहरुमा पनि कुरा गर्दै आएका छौं । सीएनआईको यसअघिको बार्षिक साधारणसभामा प्रमुख दलका नेताहरुलाई एकै ठाउँमा बोलाएर कुरा गर्यौं । आर्थिक विकासका कुरामा शेरबहादुर देउवा, केपी ओली पुष्पकमल दाहाल प्र्रचण्डको एउटै भ्वाइस छ । यो ठूलो उपलब्धी पनि हो । एउटै मञ्चमा आएर प्रतिवद्धता जनाउनु मुलुकमा औद्योगिकीकरण र आर्थिक विकासको बाताबरण बन्छ ।४) दलका नेताहरुले बोल्ने तर कार्यान्वयन नगर्ने समस्या त तपाईं हामीले भोग्दै आएका छौं नि त ?विगतका दिनहरुमा अलिकति समस्या के थियो भने ९–१० महिनामा सरकारहरु परिवर्तन भइराख्ने । त्यसले गर्दा आर्थिक विकासमा केन्द्रीत हुन सकेका थिएनौं । राजनीतिमै बढि केन्द्रीत थियो । अब स्थायी सरकारको परिकल्पनाको रुपमा हेर्यौं भने अर्थतन्त्रले गति लिन्छ । त्यसमा हामीलाई कुनै शंका छैन ।५) मैले यो कुरा किन सोधेको भने चुनावपछि सेयर बजारमा लगातार गिरावट छ । मानिसहरुले, लगानीकर्ताहरुले चुनावी परिणामलाई अलिकति शंकाको रुपमा हेरेको हो कि जस्तो देखिन्छ । यस्ता कुराले भोलि केही अप्ठ्यारो स्थिति आउने देख्नुहुन्छ कि हुन्न ?सेयर बजारमा अलिकति समस्या त देखिएको छ । तर, हामीले हेर्दा त्यसको विभिन्न कारण छ । राजनीतिक कारणबाट भन्दा पनि तरलता संकुचनको अवस्था फेरि पनि देखिएको छ । तीन महिनायता तरलतामा समस्या आएको छ । ब्याजदरहरु फेरि बढन थालेको छ । गत बर्ष सात–आठ प्रतिशतमा ऋण पाउँँदा लगानीकर्तामा हौसला बढेको थियो । अहिले आएर १०–११ प्रतिशतको जुन ब्याजदर छ, त्यसले उहाँहरु अल्लि हतोत्साही भएको छ । तर, सेयर घट्नुमा पूरै जिम्मेवार राजनीतिक कारण छ भन्ने मलाई लाग्दैन ।

थप कुराकानी भिडियोमा हेर्नुहोस्

Advertisement

Advertisement