सेयर बजारको गिरावटको दर घट्नुको सट्टा बढ्दै, नेप्से २१.५३ अंकले फेरि झर्र्यो

Advertisement

काठमाडौंः सेयर बजारमा केही सातादेखि जारी गिरावट आज बुधबार पनि कायमै रह्यो । आज पनि सेयर बजार परिसुचक नेप्से २१ दशमलव ५३ अंकले झरेर एक हजार ४२५ अंक कायम भएको छ । कारोबार रकममा भने मंगलबारभन्दा आज केही सुधार आई ७६ करोड रुपियाँको सेयर किनबेच भएको छ ।

लामो समयको गिरावटले किन्नेभन्दा बेच्चे लगानीकर्ता बढेकाले कारोबार रकम बढे पनि नेप्से भने भारी अंकले गिरावट हुन पुगेको छ । आज उत्पादनमूलकबाहेक सबै समूहका उपसुचकहरु ओरालो लागेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ४४ प्रतिशतले झरेको छ भने विकास बैंक एक दशमलव ५१ प्रतिशतले, जलविद्युत एक दशमलव २५ प्रतिशतले, बिमा एक दशमलव ८४ प्रतिशतले अन्य दुई दशमलव ४२ प्रतिशतले, लघुवित्त एक दशमलव ३६ प्रतिशतले झरेको छ भने वित्त र होटल समूहको गिरावट एक प्रतिशतभन्दा कम छ ।

सेयर बजारमा लगातारको गिरावटलाई धेरैलाई चुनावी नजितासँग जोडेर हेर्ने गरेको छन् भने केहीले बजारमा देखिएको तरलता अभाव, ब्याजदरमा भएको वृद्धि पनि कारण भएको बताउँदै आएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै वामपन्थी दलहरुको गठवन्धनका पक्षमा नजिता गएपछि बजार लगातार घट्न थाल्नुलाई लगानीकर्ताको वामअर्थतन्त्रप्रतिको अविश्वास र आशंकको रुपमा लिइएको छ ।

Advertisement

Advertisement

Advertisement