लालबाबुलाई गृहमन्त्री बन्ने रहर, गृह पाए ५० प्रतिशत अपराध हटाउथें

Advertisement

भक्तपुरः एमालेका नेता लालबाबु पण्डितले गृहमन्त्री हुने रहर गरेका छन् । आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेको अपराध ५० प्रतिशत न्यूनिकरण गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गरे ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै विकासमा फड्को मार्ने बताए । मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे बिदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको रेमिट्न्यासले देश चलाउने अवस्था अन्त्य हुने उनले बताए ।

उनले २० बर्षमै नेपाललाई दातृ राष्ट्रको रुपमा समेत बिकास गर्न सकिने बताए । पण्डितले राष्ट्रिय सभाको विधेयक एक दुई दिनभित्र नै राष्ट्रपतिद्वारा सहमतिका आधारमा वा संशोधनबाट पारित हुने जानकारी दिँदै राष्ट्रपतिलाई बिबादमा तान्ने काम गलत भएको बताए ।

नेता पण्डितले प्रदेशको राजधानीका बिषयमा बृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिँदै प्रदेश राजधानी बनाउनु भन्दा पहिला ब्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलीकोे पिढीले अनुभुत गर्ने बताए ।
बामगठबन्धनको एकीकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकीकरण हुने भन्दै उनले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी ओलीले गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement