एकाएक सेञ्चुरीको नियुक्ती रद्द गरेर अनिल शाह बने नबिल बैंकको सीइओ

Advertisement

काठमाडौं: अनिल केशरी शाहले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को रुपमा नियुक्ती लिएर पदभार ग्रहण गरेका छन् ।

शाहले यस अघि सेञ्चुरी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति लिएका थिए तर उनले भने जस्तो तलब सुविधा सेञ्चुरीले दिन नमिल्ने बताएछि उनी त्यो करार रद्द गरेर पुनः नबिल गएका हुन्।

यस अघि नबिलमा प्रमुख कार्यकारी अधिकृत सशीन जोशी थिए । अब शाहले ४ वर्षका लागि नबिल बैंकको जिम्मेवारी सम्हाल्ने छन् ।

नबिल बैंक सञ्चालक समिति बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । अनिल मेगा बैंक जानु अघि पनि नबिलकै कार्यकारी प्रमुख थिए ।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत नबिललाई नम्बर वान बैंक बनाउने टिमको एक हिस्सा हुन पाउँदा आफू खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

उनले राजीनामा दिएपछि नबिलमा सिइओ पद खाली थियो । शाहले नबिल बाटै बैंकिङ करियर शुरु गरेका थिए । त्यहाँँ उनले इन्टर्न गरेका थिए ।

Advertisement

Advertisement

Advertisement