प्रुडेन्सियलको हकप्रद सेयर आवेदन आजबाट खुला, कहाँबाट दिने आवेदन ?

Advertisement

काठमाडौं: प्रुडेन्सियल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर आवेदन आइतबारबाट खुला गरेको छ। कम्पनीले १ः०.३० अनुपातमा १०० रुपियाँ अंकित मूल्यको १२ लाख ८३ हजार ४० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद भर्ने माघ २१ गते अन्तिम म्याद रहेको छ । गएको मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद आवेदन दिन पाउनेछन् ।

यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं र आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रुडेन्सियल इन्सुरेन्सको कर्पोरेट कार्यालय वीरगञ्ज, पर्सा तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिने सुविधा छ ।

कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपियाँ रहेको छ । प्रुडेन्सियलले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र १.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव मंसिर १ गते भएको सभाले पारित गरिसकेको छ ।

हकप्रदपछि प्रुडेन्सियलको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ५२ लाख ३८ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement