गगनसँग तिक्तता बढेपछि देउवाले प्रवक्तामा विश्वप्रकाशलाई नियुक्त गरे

Advertisement

काठमाडौंः काँग्रेस पराजयको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले जिम्मा लिएर सभापतिबाट राजीनामा दिनुपर्ने भन्दै युवा नेता गगन थापाले आवाज उठाएको बेलामा देउवाले पार्टी प्रवक्तामा अर्का युवा नेता विश्वप्रकाश शर्मालाई नियुक्त गरेका छन् ।

गगनसँग तिक्तता बढिरहेको बेला देउवाले मंगलबार शर्मालाई प्रवक्ता नियुक्त गरेका हुन । गगनले भन्दैमा आफूले राजीनामा नदिने देउवाले यसअघि नै स्पष्ट पारिसकेका छन् । प्रखर वक्ता शर्मा हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट चुनाव लडे पनि पराजित भएका थिए ।

गगन र शर्माबीच पहिलेदेखि नै सम्वन्ध सुमधुर छैन । शर्मा गगनलाई आफूभन्दा निकै कनिष्ठ मान्छन् । २०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति बनेका शर्मा नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । उनी काँग्रेसमा लोकप्रिय नेताका रुपमा पनि चिनिन्छन् ।

Advertisement

Advertisement

Advertisement