नेइमार प्रभावित पीएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा

Advertisement

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी) एमिएन्सलाई पराजित गर्दै फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सितित एमिएन्सलाई २० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

पीएसजीका केलिएन एम्बाप्पेलाई फाउल गरेपछि रातो कार्ड खाएर एमिएन्सका गोलरक्षक रेगिस गुट्रर ३४ औँ मिनेटमा मैदान बाहिर गए । पाएको पेनाल्टिको सदुपयोग गर्दै नेइमारले पीएसजीका लागि ५३ औं मिनेटमा गोल गरे । खेलको ७८ औँ मिनेटमा राबिओट्ले हेड मार्फत गोल गर्दै पीएजीको २० को जित सुनिश्चित गरे ।

नेइमारले पीएसजीका लागि सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement