एनआइसी एसियाको ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र बाँडफाँड

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले एक हजार रुपियाँको दरमा दुई अर्ब ४० करोड रुपियाँ बराबरको ऋणपत्र संघसस्थालाई तथा ६० करोड रुपियाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि खुला गरेको थियो ।

खुलाएको ऋणपत्र बैंकले पुस २५ गते बाँडफाँड गरेको हो । बैंकले बार्षिक ९ प्रतिशत ब्याजदरमा ७ बर्षे ऋणपत्र पुस १३ गतेदेखि २१ गतेसम्म ३० लाख ऋणपत्र खुलाएको थियो । बैंकले व्यक्तिगत तवरका आवेदनको हकमा खण्डित अवधिको ब्याज वापतको रकम ऋणपत्र ब्याज भुक्तानीपछि सुचना प्रकाशि गरेर वितरण गरिने जनाएको छ ।

Advertisement

Advertisement