मेस्सीको दुई गोलको मद्दतले बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

Advertisement

एजेन्सीः स्पेनीस जाएन्ट बार्सिलोना सेल्टा भिगोलाई पराजित गर्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा भिगोलाई ५० गोल अन्तरले पराजित गर्दै क्वाटरफानलमा स्थान बनाएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीका लागि मेस्सीले दुई गोल गरे । उनले खेलको १३ औं मिनेटमा र १५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । २८ औं मिनेटमा अल्बाले तथा ३१ औं मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ४ – ० गोलले अगाडी रह्यो ।

दोस्रो हाफको ८७ औं मिनेटमा राकिटिकले गोल गरेपछि बार्सिलोनाले ५–० को जित निकालेको हो ।

Advertisement

Advertisement

Advertisement