एनसेल मेला शनिबार जाउलाखेलको फुटबल मैदानमा

Advertisement

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल प्रालिले यस बर्ष पनि देशका प्रमुख शहरहरुमा आयोजना गर्दै आएको एनसेल मेला भोलि शनिबार ललितपुरको जावलाखेलमा आयोजना गर्ने भएको छ ।

आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न भन्दै एनसेलले जाउलाखेल फुटबल मैदानमा एनसेल मेला गर्न लागेको हो ।

यसअघि विराटनगर र पोखरामा भव्यरुपमा मेला सम्पन्न गरेको यो मेला भोलि काठमाडौं उपत्यकाभित्र गर्न लागेको हो । विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित आयोजना गर्ने जनाइएको एनसेल मेलामा गीत(संगीतलगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि रोचक कार्यक्रमहरु समावेश गरिएको एनसेलको विज्ञप्तिमा उल्लेख छ ।

मेला बिहान ११ बजे सुरु भई कम्सर्टसहित साँझ ६ बजेसम्म चल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतीहरुमार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।

मेलाको अरु आकर्षणहरुमा गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टल पनि रहेनछन् । स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी, बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरुलगायत विविध आकर्षणहरु रहनेछन् ।

आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहने जनाइएको छ ।
प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउने भन्दै एनसेलले थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्ने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement