भिसा कार्डमार्फत नगद भुक्तानी गर्दा १० प्रतिशतसम्म नगद फिर्ता योजना

Advertisement

काठमाडौंः कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध बैंकहरुले संयुक्त रुपमा भिसासँग सहकार्य गरी भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका छन् ।

अब, भिसा कार्डको डेविट वा क्रेडिट कार्ड मार्फत कुनै पनि वस्तु खरिदको झक्तानी गर्दा आफ्नो खातामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुले यो योजना सुरु गरेका हुन् ।

नगद बिनानै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने उद्देश्यका साथ उक्त योजना सुरु गरिएको जनाइएको छ । योजनामा सहभागीता जनाउनका लागि पाँच सय रुपियाँको कारोबार ग्राहकले गनुपर्ने छ ।

कारोबार संख्या (मासिक)                          नगद फिर्ता
१ देखि ३ पटक सम्मको कारोबारमा          २% वा अधिकतमा रु. १००—
४ देखि १५ पटक सम्मको कारोबारमा       ५% वा अधिकतमा रु. २००—
१६ देखि ३० पटक सम्मको कारोबारमा     ७% वा अधिकतमा रु. ५००—
३१ देखि ५० पटक सम्मको कारोबारमा     १०% वा अधिकतमा रु. १०००—
(शर्तहरु लागु हुने छ ) ।

Advertisement

Advertisement

Advertisement